यसराज फिल्म्सको चलचित्रबाट बाहिरिए अजय

एजेन्सी । अजय देवगण पहिलो पटक यस राज फिल्म्सको ब्यानरमा काम गर्ने तयारीमा थिए । उक्त चलचित्रमा अजयको पारिश्रमिक सहित १८० करोड लगानी लाग्ने अनुमान गरिएको थियो । चंकी पाण्डेको भतिजो अहान पाण्डेले चलचित्र बनाउने बताइएको छ । चलचित्रमा अजय खलनायकको रूपमा देखिँदै थिए ।

तर भारतीय सञ्चार माध्यमका अनुसार अब उनी यो प्रोजेक्टमा काम नगर्ने भएका छन् । शिव रवैलको निर्देशन रहने चलचित्रका लागि लामै समय आवश्यक थियो । तर अजयलाई समय मिलाउन सजिलो थिएन । एस राज टिमले समय दिन चाहेन । त्यसैले उनी बाहिरिएको चर्चा छ ।

प्रतिक्रिया