दुर्गेशको ‘पहिलो माया दक्क्षित…’ [भिडियोसहित]

काठमाडौँ । विवाहको जानकारी नै नदिएका गायक तथा मोडल दुर्गेश थापाले छोरा जन्मिएपछि तस्बिर सार्वजनिक गरे । आफ्नो छोराप्रतिको प्रेम रोक्ने नसकेकाले फोटो हालेको उनले भावुक हुँदै बताएका थिए ।

प्राची लामासँग विवाह गरेका उनले छोरा दक्क्षितका लागि गीत नै बनाएका छन् । गीतमार्फत नै उनले माया पोखेका छन् भने भिडियोमा समेत उनीसँगै उनकी श्रीमती र छोरा फिचर्ड छन् ।

‘पहिलो माया दक्क्षित’ बोलको गीतमा योगेश काजीको स्वर रहेको छ । किरण माइकल घिमिरेले लेखेको तथा संगीत भरेको गीतमा साहस शाक्यको संगीत संयोजन रहेको छ । दुर्गेशकै निर्देशनमा तयार भिडियो छायांकन भने रुपेश थापाले गरेका छन् ।

प्रतिक्रिया