तनहुँमा एभरेष्ट बैंकको १०३औं शाखा उद्घाटन
२०७८ वैशाख १० गते

काठमाडौं । एभरेष्ट बैंक लिमिटेडले दमौली तनहुँमा आफ्नो १०३ औं शाखा सञ्चालनमा ल्याएको छ ।
उक्त उद्घाटन समारोहमा स्थापना कालदेखि नै ग्राहकहरुको पहिलो रोजाइको यस बैंकमा हालसम्म ११ लाखभन्दा बढी ग्राहकहरू रहेको बैंकले जनाएको छ ।
साथै बैंकको देशैभरि छरिएर रहेको आफ्नो १०३ शाखा संजाल, प्रादेशिक कार्यालय , १३५ एटिएमसहित विश्वव्यापी नेटवर्कबाट अत्यधुनिक मोबाइल र इन्टरनेट र एसएमेस बैकिंङ सुविधा प्रदान गर्दै आइरहेको जनाएको छ ।
यस बैंकले नेपाल सरकारको राजस्व संकलनका लागि ३१ वटा संकलन केन्द्रबाट समेत सेवा दिँदै आइरहेको बताएको छ ।
२०७८ वैशाख १० गते
प्रतिक्रिया
सम्बन्धित








