मुख्य भूमिकामा देखिँदै अंकिता

एजेन्सी । अंकिता लोखन्डेले चलचित्रमा पहिलो पटक मूख्य भूमिका पाएकी छन् । विवेक ओबरोयले निर्माण गर्ने ‘इति’ चलचित्रमा उनले ब्रेक पाएकी हुन् ।

चलचित्र विशाल मिश्राले निर्देशन गर्दैछन् । श्रोतका अनुसार अंकिताले चलचित्र साइन समेत गरिसकेकी छन् ।

चलचित्रमा एक युवतीको कथा देखाइँदैछ । चलचित्र सिमलामा छायांकनका लागि जाने तयारीमा थियो । यहीबीच कोभिड-१९ फैलिएकाले हाललाई छायांकन स्थगित गरिएको छ । चलचित्रको घोषणा २०२० मा नै गरिएको थियो ।

प्रतिक्रिया