अगस्ट १५ मा अजयको ‘भुज’

एजेन्सी । भारतीय अभिनेता अजय देवगण अभिनित ‘भुज: द प्राइड अफ इन्डिया’ १५ अगस्टमा रिलिज हुने भएको छ ।

डिजिटल प्लेटफर्ममार्फत् रिलिज गरिने भुज हटस्टारमार्फत् रिलिज गरिँदैछ । निर्मातालाई चलचित्रको विषय र अजय देवगणको प्रस्तुतिलाई प्रदर्शन गर्न यो मिति सही लागेकाले प्रदर्शनका लागि यो समय रोजेका छन् ।

अभिशेख दुधैयाको निर्देशनमा बनेको चलचित्रले डिजिटल प्रदर्शनीको इतिहासमा नयाँ रेकर्ड राख्ने अनुमान गरिएको छ ।

चलचित्रमा सोनाक्षी सिन्हा, नोरा फतेही, शरद केलकर र एमी विर्कको मुख्य भूमिका रहेको छ । चलचित्रको कथा १९७१ को भारत पाकिस्तान युद्धमा आधारित छ । उक्त युद्धमा गुजरातका ३०० महिलाले ज्यान गुमाएका थिए ।

प्रतिक्रिया