थप २४२८ जनामा कोरोना‚ पाँचको मृत्यु
२०७८ वैशाख ९ गते

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप २ हजार ४२८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै कूल संक्रमितको संख्या २ लाख ९२ हजार १५२ पुगेको छ ।
त्यस्तै ५ जना संक्रमितको मृत्यु भएको छ । योसँगै नेपालमा मृत्यु हुनेको कूल संख्या ३ हजार ११७ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुुसार २५२ जना संक्रमित निको भई डिस्चार्ज भएका छन् । हालसम्म २ लाख ७६ हजार ३४५ जना संक्रमित निको भइसकेका छन् ।
बिहीबार देशभर १२ हजार ६९० जना सक्रिय संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । त्यसैगरी, ८१ जना क्वारेन्टाइनमा रहेका छन् ।
२०७८ वैशाख ९ गते
प्रतिक्रिया
सम्बन्धित









