एनआइसी एशिया क्यापिटलमा देशभरबाट अनलाइनमार्फत् डिम्याट खाता खोल्न सकिने

काठमाडौं । एनआइसी एशिया क्यापिटल लिमिटेडले उपत्यका बाहिरबाट पनि अनलाइन मार्फत् निःशुल्क डिम्याट खाता खोल्न सकिने बैंकले जनाएको छ ।

क्यापिटलले ‘एनआइसी एशिया अनलाइन डिम्याट सेवा’ उपत्यका बाहिरबाट समेत संचालन गरेको र आषाढ मसान्तसम्म अनलाइनमार्फत् डिम्याट खाता खोल्ने सकिने जनाएको छ ।

उक्त डिम्याट खाता निःशुल्क उपलब्ध गराउने व्यवस्था मिलाइएको समेत बैंकले जनाएको छ ।

अनलाइनमार्फत् डिम्याट खाता खोल्नका लागि एनआइसी एशिया क्यापिटलको वेबसाइटमा गएर विवरण भर्न सकिने बैंकले उल्लेख गरेको छ ।

प्रतिक्रिया