सेयर बजार १५ अंकले बढ्यो, कारोबार रकम ६ अर्ब नजिक

काठमाडौं। साताको कारोबारको अन्तिम दिन (बिहिबार) सेयर बजार १५.८० अंकले बढेको छ ।

कारोबारको अन्तिमसम्ममा नेप्से परिसूचक ०.६० प्रतिशतले बढेर ४७६.६० बिन्दुमा पुगेको छ । यस दिन सेन्सिटिभ परिसूचक ३.२१ अकंले बढेर २६४८.०१ बिन्दुमा पुगेको छ ।

यस दिन कारोबारमा आएका १३ ओटा समूहको परिसूचकमध्ये व्यापार, जीवन बिमा, अन्य, उत्पादन तथा प्रशोधन, जलविद्युत् र वित्त समूह विकास बैंकको बैंकिङ, इन्भेष्टमेन्ट, निर्जीवन बीमा, लघुवित्त,समूहको परिसूचक बढेका छन् । भने  होटल्स तथा पर्यटन, र म्युचुअल फण्डको परिसूचक घटेको छ ।

यस दिन २ सय १४ कम्पनीका १ करोड ३० लाख ३२ हजार कित्ता शेयर ५ अर्ब ९१ करोड ५१ लाख ३९ हजार रुपैयाँमा खरिदबिक्री भएको छ ।

बिशाल बजार कम्पनी लिमिटेडले बजारमा सर्वाधिक कमाई गरी पहिलो स्थानमा छ । दोस्रो स्थानमा सिन्धु विकास बैंक रहेको छ ।

यस दिन बिशाल बजार कम्पनी लिमिटेड र सिन्धु विकास बैंकको सेयर मूल्य १० प्रतिशतले वृद्धि भएको छ ।

प्रतिक्रिया