केकी भन्छिन्- ‘रिपोर्ट नेगेटिभ देखिए पनि आइसोलेसनमै छु’

काठमाडौँ । नायिका केकी अधिकारी कोरोना सङ्क्रमणमुक्त भएकी छन् । उनलाई केही दिन अघि कोरोना सङ्क्रमण भएको थियो ।

सङ्क्रमण भएसँगै चलचित्र ‘घिन्ताङ’ छायांकन प्रभावित भएको थियाे । निरन्तर २ दिनसम्म ज्वरो आए पश्चात् उनले कोरोना परीक्षण गराएकी थिइन् । परीक्षण गराउँदा उनमा कोरोना पुष्टि भएको थियो ।

सङ्क्रमण देखिएलगत्तै उनी चिकित्सकको सल्लाह अनुसार एक्लै बसिन् । तीन दिनपछि परीक्षण गराउँदा उनमा भाइरसको सङ्क्रमण देखिएको छैन ।

सङ्क्रमणमुक्त भएपनि नायिका केकी आइसोलेसनमै छिन् र केही दिन सुरक्षित रहन एक्लै बस्ने बताएकी छन् । उनले सामाजिक सञ्जालमा पोस्ट गर्दै सम्पूर्णमा सुरक्षित रहन आग्रह गरेकी छन् ।

प्रतिक्रिया