सिभिल बैंकको नाफा ३९ प्रतिशतले वृद्धि, ९ महिनामा कमायाे ५० कराेड

काठमाडौं । सिभिल बैंककाे खुद नाफा आर्थिक वर्ष २०७७/७८ काे ९ महिना अर्थात् चैत मसान्तसम्मा ३९.३९ प्रतिशतले बढेकाे छ । अघिल्लाे आर्थिक वर्षकाे चैत मसान्तकाे तुलनामा चालु वर्षकाे चैत मसान्तमा खुद नाफा  बढेकाे हाे । याे समीक्षा अवधिमा बैंकले ५० करोड २५ लाख रूपैयाँ खुद मुनाफा आर्जन गर्न सफल भएको हाे ।

सिभिल बैंकले चालु वर्षकाे चैतसम्म कर्जा तथा ऋण लगानीमा उल्लेख्य वृद्धि गरेको छ । गत आर्थिक वर्षको चैत्र मसान्तको तुलनामा सिभिल बैंकको निक्षेप ६१.९६ ५ प्रतिशतले बढेको छ भने कर्जा प्रवाह ५४.६७ ५ प्रतिशतले बढेको छ । बैंकले समीक्षा अवधिसम्ममा ८७.८९ अर्ब निक्षेप संकलन गरी ८१.४४ अर्ब कर्जा प्रवाह गरेको छ । गत वर्ष यही अवधिसम्म बैंकले ५४.२६ अर्ब निक्षेप संकलन गरी ५२.६५ अर्ब कर्जा प्रवाह गरेको जनाएको छ ।

सिभिल बैंकले यस आर्थिक वर्षमा निक्षेपतर्फ २७ अर्ब ७६ कराेड वृद्धि गरेको छ । याे गत असार मसान्तको निक्षेपको तुलनामा ४६ प्रतिशतको वृद्धि हो । अन्य वाणिज्य बैंकहरुको तुलनामा सिभिल बैंककाे वृद्धि रकममा सातौं तथा प्रतिशत वृद्धिमा पहिलो स्थानमा रहेको बताएको छ । त्यसैगरी बैंकले कर्जातर्फ यस आर्थिक वर्षमा २७ अर्ब ६२ कराेड वृद्धि गरेको छ गत असार मसान्तको कर्जाको तुलनामा याे ५१ प्रतिशतको वृद्धि हो ।

अन्य वाणिज्य बैंकहरुको तुलनामा सिभिल बैंक कर्जा वृद्धि रकमका हिसालबले दशौं तथा वृद्धि प्रतिशतमा पहिलो स्थानमा रहेको देदिएकाे छ ।

बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म खराब कर्जा अनुपातमा व्यापक सुधार गरेको छ । बैंकको तेस्रो त्रैमासको वित्तीय विवरण अनुसार समीक्षा अवधिमा बैंकले खराब कर्जा अनुपात ६१.८१ प्रतिशतले घटाउन सफल भएको छ । गत वर्षको यही अवधिसम्म २.९६ प्रतिशत रहेको खराब कर्जा अनुपात समीक्षा अवधिमा घटेर १.१३ प्रतिशतमा झरेको जनाएको छ ।

तेस्रो त्रैमासको अन्तसम्म बैंकको ग्राहक संख्या ५ लाख ४१ हजार ९ सय ८२ पुगेको छ । जुन अघिल्लो वर्षको यही अवधिको तुलनामा २४.७६ प्रतिशतले वृद्धि हो । गत वर्ष यही अवधिसम्म बैंकको ग्राहक संख्या ४ लाख ४२ हजार ४ सय ४२ थियो ।

 

प्रतिक्रिया