कोरोना खोप लगाएकालाई चन्द्रागिरी केवलकारमा २५ प्रतिशत छुट

काठमाडौं । चन्द्रागिरी केवलकारमा कोरोनाविरुद्धको खोप लगाएकाहरूलाई २५ प्रतिशत छुटको व्यवस्था हुने भएको छ ।

उक्त सुविधाका लागि खोप कार्ड टिकट काउन्टरमा पेश गर्नुपर्ने चन्द्रागिरी केबलकारले जनाएको छ ।

यो योजना ९ गतेबाट शुरु भई जेठ १७ गतेसम्म मान्य हुने जनाइएको छ ।

कोभिड–१९ विरुद्धको लडाइँमा ऐक्यबद्धता जनाउँदै उच्च स्वास्थ्य सुरक्षा सतर्कता अवलम्बनमा सचेतना अभिवृद्वि गर्ने कार्यमा यो योजना सहयोगी हुने चन्द्रागिरीले विश्वास लिएको छ ।

प्रतिक्रिया