सेयर बजारमा पहिरो, कारोबार रकम साढे ५ अर्बमाथि

काठमाडौं। साताको चौथो दिन (बुधबार) सेयर बजार ३२.४१ अंकले घटको छ ।

कारोबारको अन्तिमसम्ममा नेप्से परिसूचक १.२२ प्रतिशतले घटेर ४७३.३९ बिन्दुमा पुगेको छ । यस दिन सेन्सिटिभ परिसूचक ६.२१ अकंले घटेर २६३२.१८ बिन्दुमा पुगेको छ ।

यस दिन कारोबारमा आएका १३ ओटा समूहको परिसूचकमध्ये म्युचुअल फण्डको परिसूचक मात्र बढेको छ । व्यापार, जीवन बिमा, अन्य, उत्पादन तथा प्रशोधन, जलविद्युत् र वित्त समूह , होटल्स तथा पर्यटन, विकास बैंकको बैंकिङ, इन्भेष्टमेन्ट, निर्जीवन बीमा, लघुवित्त,समूहको परिसूचक घटेको छ ।

यस दिन २ सय १४ कम्पनीका १ करोड ३७ लाख ८७ हजार कित्ता शेयर ५ अर्ब ७७ करोड २२ लाख ५१ हजार रुपैयाँमा खरिदबिक्री भएको छ ।

ज्योति लाइफ इन्स्योरेन्सले बजारमा सर्वाधिक कमाई गरी पहिलो स्थानमा छ । दोस्रो स्थानमा महिला लघुवित्त वित्तिय संस्था रहेको छ ।

यस दिन ज्योति लाइफ इन्स्योरेन्स र महिला लघुवित्त वित्तिय संस्थाको सेयर मूल्य झण्डै १० प्रतिशतले वृद्धि भएको छ ।

प्रतिक्रिया