लक्ष्मी बैंकको १२९औं शाखा सिन्धुलीको रामटारमा

काठमाडौं । लक्ष्मी बैंकल १२९औँ शाखा सिन्धुली जिल्लाको सुनकोशी गाउँपालिकाको रामटारमा विस्तार गरेको छ ।

यो शाखामार्फत् आवश्यक सम्पूर्ण रिटेल बैकिङ सेवा लिन सकिने बैंकले जनाएको छ । साथै बैंकले साना तथा लघु व्यवसायीहरु माझ वित्तीय पहुँच पुर्याउने लक्ष्य राखेको छ ।

उक्त बैंकको ४८ जिल्लामा १२९ शाखा, ६ एक्सटेन्सन काउन्टर र ५ हस्पिटल सेवा काउन्टर, १५८ एटिएम, २५ सय बढी रेमिट्यान्स एजेन्ट तथा ६१ शाखा रहित बैंकिङ एजेन्ट छन् ।

प्रतिक्रिया