अजोड इन्स्योरेनसकाे खुद नाफा २४७.३९ प्रतिशतले बढ्याे

काठमाडौं । अजोड इन्स्योरेन्स लिमिटेडले २०७६/०७७ मा कुल बीमा शुल्क ८८ करोड ४३ लाख १७ हजार २ सय १८ रूपैयाँ संकलन गरेकाे छ । याे अघिल्लो वर्षको तुलनामा ११३.१३ प्रतिशतले बढी हाे ।  मंगरबार सम्पन्न कम्पनीकाे तेस्रो वार्षिक साधारण सभामा यस्ताे विवरण सार्वजनिक गरेकाे हाे ।

कोरोनाको कारण भएको बन्दाबन्दीले समग्र अर्थतन्त्रमा नकारात्मक प्रभावका पारेकाे भए पनि कम्पनीले उक्त आवमा ४  करोड ५६ लाख ३४ हजार ६ सय ७१ रूपैयाँ खुद नाफा कमाउन सफल भएकाे छ । कम्पनीकाे खुद नाफामा अघिल्लाे वर्षकाे तुलनामा २४७.३९ प्रतिशतले र बीमाकोषमा १०४.०८ प्रतिशतले वृद्धि भएकाे छ । बीमा कोषमा ६ करोड २३ लाख ७२ हजार ६ सय ५२ रूपैयाँ संचित रहेको कम्पनीले जानकारी दिएकाे छ ।

उक्त साधारण सभाबाट कम्पनीको प्रवन्ध–पत्र तथा नियमावलीमा संशोधन प्रस्ताव पारित गर्ने र उक्त संशोधनहरुमा नियामक निकायहरुवाट कुनै परिमार्जन गर्न सुझाव वा निर्देशन भएमा सो अनुसार आवश्यक परिमार्जन गर्ने सम्बन्धी सम्पूर्ण अख्तियारी संचालक समितिलाई प्रदान गर्ने प्रस्ताव पारित गरेको छ ।

संचालक समिति, अन्य समिति तथा उप–समितिको बैठक भत्ता तथा अन्य सुविधा र सभाले आव २०६७,०७७ को तेस्रो वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गरेको छ।

कम्पनीको आ.व. २०७६\०७७ को वासलात, नाफा नोक्सान हिसाब, आय व्यय हिसाब तथा नगद प्रवाह विवरण र सो सँग सम्बन्धित अनुसूचीहरु सहितको वित्तीय विवरण उपर छलफल गरि सो लाई पारित, कम्पनीको आ.व.२०७७\०७८ को बाह्य लेखापरीक्षण गर्न लेखापरीक्षक नियुक्ती गर्ने र निजको पारिश्रमिक निर्धारण पनि गरीएको छ ।

कम्पनीले ७ वटा प्रादेशिक कार्यालय, २२ वटा शाखा, १७ वटा उपशाखा कार्यालयहरु, १० बीमा काउण्टरबाट सेवा प्रदान गर्दै आइरहेको जनाएको छ ।

 

प्रतिक्रिया