थप १७ सय ३६ जनामा कोभिड, ११ जनाकाे मृत्यु

काठमाडौं । नेपालमा १ हजार ७ सय ३६ जनामा कोभिड–१९ को संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा थप १ हजार ७ सय ३६ जनामा कोभिड १९ पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको हो । ८ हजार ५५ जनाको पीसीआर परीक्षण गरेकोमा १ हजार ६ सय ६७ र ६ सय ८३ एन्टिजेन परीक्षण गरिएकोमा ६९ जना गरी जम्मा १ हजार ७ सय ३६ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा कोभिड १९ संक्रमण भएका थप ११ जनाको मृत्यु भएको पनि मन्त्रालयले जनाए को छ । यो अवधिमा २५१ जना संक्रमित निको भएका छन् ।

प्रतिक्रिया