सेयर बजारमा झिनो वृद्धि, साढे ५ अर्बकाे काराेबार

काठमाडौं। साताको तेस्रो दिन (मगंलबार) सेयर बजार २.६८ अंकले बढेको छ । सोमबार भने सेयर बजार ३७.५८ अंकले घटेको थियो ।

कारोबारको अन्तिमसम्ममा नेप्से परिसूचक २.६८ प्रतिशतले बढेर ४७९.६० बिन्दुमा पुगेको छ । यस दिन सेन्सिटिभ परिसूचक ०.५० अकंले बढेर २६६४.६२ बिन्दुमा पुगेको छ ।

यस दिन कारोबारमा आएका १३ ओटा समूहको परिसूचकमध्ये व्यापार, जिवन बिमा, अन्य, उत्पादन तथा प्रशोधन, जलविद्युत् र वित्त समूह , होटल्स तथा पर्यटन, विकास बैंकको परिसूचक बढेको छन् । बैंकिङ, इन्भेष्टमेन्ट, निर्जीवन बीमा, लघुवित्त, म्युचुअल फण्ड समूहको परिसूचक घटेको छ ।

यस दिन २ सय १६ कम्पनीका १ करोड २३ लाख ६९ हजार कित्ता शेयर ५ अर्ब ५३ करोड ८६ लाख १७ हजार रुपैयाँमा खरिदबिक्री भएको छ ।

महिला लघुवित्त वित्तीय संस्थाले बजारमा सर्वाधिक कमाई गरी पहिलो स्थानमा छ । दोस्रो स्थानमा युनाइटेड मोदी हाइड्रोपावर रहेको छ ।

यस दिन महिला लघुवित्त वित्तीय संस्था र युनाइटेड मोदी हाइड्रोपावरको सेयर मूल्य १० प्रतिशतभन्दा बढीले वृद्धि भएको छ ।

 

प्रतिक्रिया