हलमा आउला त कङ्गनाको ‘थलाइवी’ ?

एजेन्सी । कङ्गना रनावतको चलचित्र ‘थलाइवी’ डिजिटल प्ल्याटफर्ममा रिलिज गर्ने चर्चा चल्न थालेको छ । अमेजन प्राइममार्फत् २३ मेमा हिन्दी, तामिल र तेलुगु भाषामा रिलिज गर्ने तयारी रहेको जनाइएको छ । तर कङ्गनाको टिमले भने यो विषयलाई नकारेको छ ।

२३ तारिख नै हलमा चलचित्र प्रदर्शन गर्ने टिमको योजना थियो । तर भारतका विभिन्न स्थानमा भएको लकडाउनका कारण हाललाई रिलिज स्थगित गरिएको छ । चलचित्र हल सुनसान रहेको अवस्थामा समेत निर्माण टिम भने हलमा नै रिलिज गर्ने अडान लिएर बसेको छ ।

कङ्गनाको टिमले भारतीय सञ्चार माध्यमसँग कुराकानी गर्दै चलचित्र हलमा लाग्ने साथै डिजिटलमा जाने कुनै योजना नरहेको बताएको छ ।

प्रतिक्रिया