कमेडी च्याम्पियन-२ का प्रतियोगीलाई कोरोना पुष्टि

काठमाडौँ । ‘कमेडी च्याम्पियन’ सिजन-२ का एक प्रतियोगीमा कोभिड-१९ संक्रमण देखिएको छ ।

च्याम्पियनकी जज ऋचा शर्माले संक्रमण देखिएको पुष्टि गरिन् । ‘एक जना प्रतियोगीमा संक्रमण देखिएको छ,’ उनले भनिन्, ‘हामीले नाम खुलाउन मिल्दैछ ।’

सङ्क्रमण देखिएसँगै टप-९ को छायांकन एक हप्तापछि सारिएको छ । टिमका अन्य सदस्यहरूको परीक्षण गर्ने क्रम चलिरहेको जनाइएको छ ।

त्यस्तै, क्वारेनटिन र आइसोलेसनको व्यवस्थासमेत निर्माण समूहले गरेको छ । निर्माण टिमले दर्शकलाई समेत सावधानी अपनाउन आग्रह गरेको छ ।

प्रतिक्रिया