केएमसीको स्वास्थ्य शिविरबाट २३ सयले लाभ लिए

काठमाडौं । काठमाडौंको सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजले खोटाङको केपीलासगढी र काभ्रेको धुलिखेलमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ । केपीलासगढीमा दुई र काभ्रेमा एक दिने निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको हो ।

केपिलासगढीमा १ हजार १ सय ६४ र धुलिखेलमा १ हजार १ सय ४५ विरामीको निःशुल्क उपचार गरिएको केएमसीका जेनेरल मेनेजर नारायण दाहालले जानकारी दिए । केपीलासगढी गाउँपालिका र नेपाल रेडक्रस सोसाइटी वाक्सिलासँग सहकार्य गरी केपीलासगढी गाउँपालिका-४ स्थित पृथ्वी माध्यमिक विद्यालयमा शिविर गरिएको हो ।

शिविरमा २१३ जनाको भिडियो एक्सरे, २०१ जनाको ल्याब टेष्ट र १२५ जनाको इसीजी गरिएको छ । दाँतमा समस्या भएका २१ जनाको दाँत निकालिएको छ ।यता, धुलिखेलमा भएको शिविरमा २१६ जनाको भिडियो एक्सरे, १९७ जनाको ल्याबटेष्ट र १९५ जनाको इसीजी गरिएको केएमसीले जनाएको छ । समाजसेवी डा. सुनिल शर्माले केएमसी अध्यक्षको जिम्मेवारी सम्हालेपछि पछिल्लो समय केएमसीले निःशुल्क स्वास्थ्य शिविर सञ्चालनलाई निरन्तरता दिइरहेको छ ।

प्रतिक्रिया