प्रदेश १ : थप ५५ जनामा कोरोना संक्रमण, विराटनगर दोस्राे चरणको हटस्पट बन्दै

विराटनगर । प्रदेश १ मा सोमबार ५५ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा २९, झापामा १७, सुनसरीमा ३ र प्रदेश १ बाहिरका ६ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मोरङको विराटनगरमा १० महिला र १४ पुरुष गरी जम्मा २४ जना, सुन्दरहरैचामा २, बुढीगंगा, बेलबारी र कटहरीमा १–१ जनामा संक्रमण पुष्टि भएको जनाइएको छ ।

त्यस्तै झापाको विर्तामोडमा ५, कनकाई र भद्रपुरमा ३–३, दमक र मेचीनगरमा २–२, अर्जुनधारा र झापा गाउँपालिकामा १–१, सुनसरीको इटहरी, देवानगञ्ज र बराहक्षेत्रमा १–१ र प्रदेश १ बाहिरका ६ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

प्रदेश १ मा कोरोना संक्रमितको संख्या ३० हजार ७०२ पुगेको छ । संक्रमित मध्ये २९ हजार ९ सय ११ जना संक्रमणमुक्त भएका छन् । सक्रिय संक्रमितको संख्या ३ सय १९ पुगेको छ ।

प्रदेश १ मा सोमबार ३ सय २५ जनाको पीसीआर परीक्षण गरिएको छ । परीक्षण गरिएकामध्ये २२ महिला र ३३ पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया