लुम्बिनी विकास बैंकका तीनवटा शाखा सञ्चालनमा 

काठमाडौं । लुम्बिनी विकास बैंक लिमिटेडको तीनवटा शाखा सञ्चालनमा आएको छ ।

नयाँ खोलिएका शाखाहरुमा ७० औँ शाखाको रुपमा झापा जिल्ला दमक नगरपालिका- ०६ थाना रोडस्थित दमक शाखा, ७१ औँ शाखाको रुपमा झापा जिल्ला विर्तामोड- ०४ भद्रपुर रोडस्थित विर्तामोड शाखा र ७२ औँ शाखाको रुपमा नवलपुर जिल्ला कावासोती नगरपालिका- ०२ सभापति चोकस्थित कावासोती शाखा रहेको बैंकले जनाएको छ ।

हाल यस बैंकको शाखा सञ्जाल देशका सातवटा प्रदेशका २९ जिल्लामा पुगिसकेको बैंकले बताएको छ ।

प्रतिक्रिया