लक्ष्मी बैंकद्वारा वरेन्ज सेभिङ प्लस खातामा आकर्षक सुविधा

काठमाडौं । लक्ष्मी बैंकको प्रिमियम बचत खाता वरेन्ज सेभिङ प्लसबाट ग्राहकहरूले अब ४.५५ वार्षिक ब्याजदरको साथै थप आकर्षक सुविधाहरू प्राप्त गर्न सक्ने भएका छन् ।

वरेन्ज सेभिङ प्लस खाता भएका ग्राहकले १ लाख रुपैयाँसम्मको वार्षिक स्वास्थ्य बिमा र १० लाख रुपैयाँसम्मको दुर्घटना मृत्‍यु र अक्षमता बिमा सुविधा पाउन सक्ने बैंकले जनाएको छ ।

डेबिट कार्ड, क्रेडिट कार्ड र डलर ट्राभल कार्ड पनि निःशुल्क जारी गरिनुका साथै लक्ष्मी बैंकको डेबिट कार्ड नेपालभरी कुनै पनि एटिएममा प्रयोग गर्दा लाग्ने शुल्क फिर्ता गरिने पनि बताइएको छ ।

नयाँ वर्षको अफरअन्तर्गत वैशाख महिनाभरी वरेन्ज सेभिङ प्लस खाता खोल्ने ग्राहकहरुले लक्ष्मी बैंकको प्रि-पेड डलर कार्ड वरेन्ज कार्ड निस्शुल्क प्राप्त गर्न सक्ने बैंकले जनाएको छ ।

सो अफर वरेन्ज सेभिङ प्रल्स वर्तमान ग्राहकहरुको लागि पनि लागू हुने बताइएको छ ।

यसैगरी विभिन्न संघसंस्थामा कार्यरत कर्मचारीका लागि ल्याइएको विशेष खाता शुभश्री लक्ष्मी बचत खातामा पनि बैंकले विभिन्न सुविधाका साथमा ४.५५ को उच्च ब्याजदर प्रदान गरिरहेको जनाएको छ।

थप जानकारी प्राप्त गर्न वा खाता खोल्नका लागि लक्ष्मी बैंकको नजिकैको शाखा अथवा बैंकको वेबसाइटमा जान सकिने बैंकले बताएको छ ।

प्रतिक्रिया