सेयर बजार राताम्मे, कारोबार रकम साढे ६ अर्ब माथि

काठमाडौं। साताको दोस्रो दिन (सोमवार) पनि सेयर बजार ३७.५८ अंकले घटेको छ । आइतबार पनि सेयर बजार ३५ अंकले घटेको थियो ।

कारोबारको अन्तिमसम्ममा नेप्से परिसूचक १.३९ प्रतिशतले घटेर ४७९.१० बिन्दुमा पुगेको छ । यस दिन सेन्सिटिभ परिसूचक ७.६ अकंले घटेर २६६१.६८ बिन्दुमा पुगेको छ ।

यसदिन कारोबारमा आएका १३ ओटा समूहको परिसूचकमध्ये जलविद्युत् र वित्त समूहको परिसूचक बढेको छ भने बाँकी बैंकिङ, व्यापार, होटल्स तथा पर्यटन, विकास बैंक, निर्जीवन बीमा, उत्पादन तथा प्रशोधन, अन्य, लघुवित्त, जीवन बीमा, म्युचुअल फण्ड र लगानी समूहको परिसूचक घटेको छ ।

यस दिन २ सय १३ कम्पनीका १ करोड ४१ लाख ९० हजार कित्ता शेयर ६ अर्ब ७५ करोड ९४ लाख ५९ हजार रुपैयाँमा खरिदबिक्री भएको छ ।

ज्योति लाइफ इन्स्योरेन्सले बजारमा सर्वाधिक कमाई गरी पहिलो स्थानमा छ । दोस्रो स्थानमा महिला लघुवित्त वित्तिय संस्था रहेको छ । यस दिन ज्योति लाइफ इन्स्योरेन्स र महिला लघुवित्तको शेयरमूल्य ९ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ ।

 

 

प्रतिक्रिया