प्रभु बैंकका अध्यक्षद्वारा पद बहाली

काठमाडौं । प्रभु बैंक लिमिटेडका सञ्चालक समितिका नवनियुक्त अध्यक्ष लिला प्रकाश सिटौलाले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी समक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् ।

साथै बैंकको सञ्चालक समितीको बैठकको अध्यक्षता गरी सञ्चालक समितिको अध्यक्षको पदभार ग्रहण समेत गरेको बैंकले जनाएको छ ।

बैंकको स्वतन्त्र सञ्चालकका रुपमा नियुक्त भएका उनलाई गत २ गतेको सञ्चालक समितिको बैठकले सञ्चालक समितिको अध्यक्ष पदमा चयन गरेको जनाएको छ ।

त्रिभुवन विश्वविद्यालयबाट स्नातकोत्तरको उपाधि हासिल गरेका उनले नेपालको बैंकिङ क्षेत्रमा लामो कार्यानुभव संगालेको बताइएको छ ।

नेपाल राष्ट्र बैंकमा २५ वर्षको सेवा अवधि पूरा गरी कार्यकारी निर्देशक पदबाट सेवा निवृत्त भई कृषि विकास बैंकमा ४ वर्ष प्रमुख कार्यकारी अधिकृतको रुपमा समेत जिम्मेवारी वहन गरेका थिए ।

सवल नेतृत्वबाट प्रभु बैंकलाई आगामी दिनमा व्यापार व्यवसाय अभिवृद्धिका अतिरिक्त अत्यधुनिक प्रविधिसहितको गुणस्तरीय सेवा विस्तारमा थप हौसला मिल्ने बैंकले विश्वास लिएको छ ।

प्रतिक्रिया