सिभिल बैंकका कार्यकारी अधिकृत गुरुङद्वारा राजीनामा

काठमाडौं । सिभिल बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृतबाट गोविन्द गुरुङले राजीनामा दिएका छन् । उक्त राजीनामा बैंकले स्वीकृत गरेको जनाएको छ ।

साथै उक्त बैठकबाट बैंकका वर्तमान नायब प्रमुख कार्यकारी अधिकृत सुनिलकुमार पोखरेललाई कायम मुकायम प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी दिइएको बताएको छ ।

गुरुङले बैंकमा वि.सं. २०६९ असोज २१ मा नायव प्रमुख कार्यकारी अधिकृतको रुपमा आवद्ध भएका थिए ।

भने वि.सं. २०७४ वैशाख १२ मा कार्यवाहक प्रमुख कार्यकारी अधिकृतको रुपमा र वि.सं. २०७४ श्रावण ११ देखि प्रमुख कार्यकारी अधिकृतको पदभार सम्हालेका बैंकले जनाएको छ ।

प्रतिक्रिया