पोखरामा अत्याधुनिक सिटी स्क्यान सेवा

काठमाडौं । उपत्यका बाहिर गण्डकी प्रदेशमा पहिलो पटक २५६ स्लाइसको सीटी स्क्यानको सुविधा विधिवत् रुपमा सञ्चालनमा आएको छ ।

पोखरा र गण्डकी प्रदेशका बिरामीहरुलाई सहज र सुलभ गुणस्तरीय र सस्तो हिसावले विभिन्न रोगहरु पत्ता लगाउन विगत ३ वर्ष देखि स्थापित पोखरा एम आर आइ डाइग्नोस्टिक सेन्टरले यो सीटी स्क्यान सेवाको प्रारम्भ गरेको अस्पतालले जनाएको छ ।

यो सिटी स्क्यान गण्डकी प्रदेशकै ठूलो सिटी स्क्यान हो । विशेष गरी मुटु, मस्तिष्क फोक्सो, पेट र हात खुट्टाको रगतको नशाहरु लगायत शरीरका विभिन्न अंगहरुको क्यान्सर र बच्चाहरुको लागि कम विकिरण दिएर सीटी स्क्यान गर्ने सुविधा रहेको बताएको छ ।

यस सीटी स्क्यानको सुविधा २४ घण्टा नै उपलब्ध रहने बताइएको छ । मुटुको रगत नशाको जाँच कोरोनरी एनजियोग्राफी गर्न काठमाडौंसम्म जान नपर्ने पोखराका वरिष्ठ डाक्टरहरुद्धारा सञ्चालित यस सेन्टरमा विगत ३ वर्षदेखि १.५ टेस्लाको एम आर आइ मेमोग्राफी, युएसजी, गाइडेड बायोप्सीको सुविधा उपलब्ध हुदै आइरहेको थियो ।

यस डाइग्नोस्टिक सेन्टरले आइएसओ गुणस्तरको लागि प्रक्रियामा रहेको समेत जनाएको छ ।

प्रतिक्रिया