सवारी दुर्घटनामा दुई जनाको मृत्यु

विराटनगर । सुनसरी र मोरङमा भएको छुट्टाछुट्टै सवारी दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ । पूर्वपश्चिम राजमार्ग अन्तरगत सुनसरीको ईटहरी उपमहानगरपालिका वडा नम्बर ६ मा ना ५ ख ११११ नम्बरको बसले बिपरित दिशाबाट आउदै गरेको को३३ प ३२४० नम्वरको मोटरसाईकललाई ठक्करदिएको हो ।

दुर्घटनामा मोटरसाईकल चालक ईटहरी ८ का ४२ वर्षीय बिरेन्द्र चौधरी गम्भिर घाईते भएकोमो उपचारको क्रममा धरानमा मृत्यु भएको प्रहरीले जनाएको छ। बस र चालक ईटहरी १२ खनार का ३८ बर्षीय सन्तोष वि।क।लाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

त्यस्तै बिहान मोरङमा भएको मोटरसाईकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ । धनपालथान गाउँपालिका ४ भलुवा चौकमा पश्चिम तर्फ जादै गरेको को२७प ६४५९ को मोटरसाईकल आफै अनियन्त्रित भई दुर्घटना भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा मोटरसाईकल चालक रंगेली नगरपालिका २ का २३ वर्षीय भोला शर्मा र पछाडी सवार सोही स्थान ३ का २२ वर्षीय कासमिक मुर्मु गम्भिर घाईते भएकोमा शर्माको उपचारको क्रममा कोशी अस्पताल बिराटनगरमा ज्यान गएको ईलाका प्रहरी कार्यालय रंगेलीले जनाएको छ ।

प्रतिक्रिया