जोरपाटीको तरकारी बजारमा मेगाको क्यूआर कोड

काठमाडौं । मेगा बैंक नेपाल लिमिटेडले क्यूआर कोडबाट रकम भुक्तानी व्यवस्थालाई तीव्रताका साथ बिस्तार गरिरहेको छ ।

नगदरहित कारोबारलाई क्रमशः बिस्थापन गरी डिजिटल भुक्तानीलाई प्रबर्धन गर्ने बैंकको नीति अनुरुप मेगा बैंकले काठमाडौंको जोरपाटीस्थित विश्रान्ति होलसेल तरकारी तथा फलफुल बजारमा क्यूआर कोड सेवा विस्तार गरेको बैंकले जनाएको छ ।

नेपाल राष्ट्र बैंक भुक्तानी प्रणाली विभागका कार्यकारी निर्देशक भुवन कँडेल र मेगा बैंक नेपाल लिमिटेडकी प्रमुख कार्यकारी अधिकृत (सिइओ) अनुपमा खुञ्जेलीले तरकारी किनेको रकम क्यूआर कोडबाट भुक्तानी गरी क्यूआरकोड भुक्तानी सेवाको औपचारिक शुभारम्भ गरेका थिए । कार्यक्रममा ८० जना तरकारी बिक्रेतालाई क्यूआर कोड वितरण गरिएको थियो ।

तरकारी बजारमा क्यूआरकोड सेवा शुभारम्भ भएपछि ब्यवसायी तथा ग्राहकहरु निकै हर्षित भएका छन् । यो ब्यवस्थासँगै उपभोक्ताहरुले आफ्नो मोबाइल बैंकिङ्ग एप्लिकेसनमार्फत सामान खरिद गरेको रकम सजिलै क्यूआर कोडबाट भुक्तानी गर्न सक्ने जनाएको छ ।

क्यूआर कोडबाट भुक्तानी गर्दा भुक्तानी छिटो छरितो, झन्झटमुक्त तथा सुरक्षित हुने, कारोबार गर्दा कुनैपनि शुल्क नलाग्ने भएकोले व्यवसायी तथा उपभोक्ताहरुको आर्कषण दिन प्रतिदिन बढ्दै गइरहेको मेगा बैंकले जनाएको छ ।

प्रतिक्रिया