पत्रकार पूर्णिमासहित १० जनाद्वारा अन्नपूर्णको आरोहण

काठमाडौं । फाेटाे पत्रकार पूर्णिमा श्रेष्ठसहित १० जनाले अन्नपूर्ण हिमालको आरोहण गरेका छन् ।

पूर्णिमासहित ६ जना नेपाली, ३ जना भारतीय र एकजना मेक्सिकोका नागरिक गरी १० जनाले अन्नपूर्णको सफलतापूर्वक आरोहण गरेको आरोहण व्यवस्थापक कम्पनी सेभेन समिटले जनाएको छ ।

टोलीमा रहेका ६ नेपालीमध्ये ४ जना महिला छन् । यसअघि नेपाली महिलाले अन्नपूर्ण हिमाल आरोहण गरेका थिएनन् ।

यससँगै सन् २०२१ को बसन्त ऋतुको पहिलो आरोहण पनि सुरु भएको छ ।

प्रतिक्रिया