बागेश्वरी मन्दिरमा माछापुच्छ्रे बैंकको क्यूआर कोड सेवा

काठमाडौं । नेपाल राष्ट्र बैंकले लिएको नगदरहित कारोबार नीतिलाई कार्यान्यवन गर्ने गराउने मुख्य उद्देश्यका साथ डिजिटल बैंकिङ्ग सेवाको पहुँच बिस्तार गर्ने अभियान संचालन गरिरहेको माछापुच्छ्रे बैंकले नेपालगञ्जको बागेश्वरी मन्दिरमा क्यूआर कोड सेवा सुरु गरेको छ ।

नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीले नेपालगञ्जको बागेश्वरी मन्दिरमा क्यूआर कोडमार्फत् भेटी चढाई उक्त सेवाको सुरुवात गरेका हुन् ।

आफूले प्रयोग गरेको वस्तु तथा सेवाको आफ्नै बैंक खातामार्फत डिजिटल भुक्तानी गर्दा ग्राहकको साथै व्यापारीलाई समेत खुद्रा पैसाको झन्झट नहुने, बचत गर्ने बानीको विकास हुने, व्यापारीलाई हरेक दिन आफूले गरेको व्यापारबाट आएको पैसा जम्मा गर्न बैंकसम्म जानुनपर्नेलगायतका थुपै सुविधाहरुको कारणले गर्दा क्यूआर कोड सेवाको पछिल्लो समय सबै वर्ग र क्षेत्रमा आर्कषण बढ्दै गएको बैंकले जनाएको छ ।

यहि कुरालाई मध्यनजर गर्दै माछापुच्छ्रे बैंकले पछिल्लो समय देशका धेरैजसो स्थानहरुमा आक्रमक रुपमा यो सेवा प्रदान गर्दै आइरहेको जनाएको छ ।

बैंकले देशका विभिन्न स्थानहरुमा रहेका तरकारी बजार, हाटबजार, होमस्टे, मन्दिर, रेष्टुरेन्ट, कस्मेटिक पसलहरु, यातायात सेवाहरूलगायतका विभिन्न व्यसायीहरुलाई प्रदान गरेको क्युआर कोड सेवाले आम ग्राहकलाई डिजिटल कारोबार गर्न प्रोत्साहन गरिरहेको बताएको छ ।

डिजिटल बैंकिङ सेवाको पहुचँ नपुगेका अन्य धेरै स्थान र क्षेत्रमा पनि माछापुच्छ्रे बैंकले आक्रामक रुपमा सेवा विस्तार गरिरहेको र आगामी दिनमा पनि यो क्रमलाई निरन्तरता दिँदै जाने बैंकले जनाएको छ ।

प्रतिक्रिया