एनआईबीएल एस क्यापिटलद्वारा देवयानीका कर्मचारीलाई तालिम प्रदान

काठमाडौं । एनआइबीएल एस क्यापिटलले देवयानी इन्टरनेसनलका सबै शाखाका कर्मचारीलाई सचेतनामूलक कार्यक्रम र तालिम सञ्चालन गरेको छ ।

नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडको पूर्ण स्वामित्वमा रहेको र एनआईबीएल म्युचुअल फण्डको कोष व्यवस्थापक र डिपोजटरी रहेको एनआईबीएल एस क्यापिटल लिमिटेडले देवयानी इन्टरनेसनलका सबै शाखाका कर्मचारीलाई यस कार्यक्रममा समेटेको छ ।

नेपालमा केएफसी, पिजा हट र क्रिम बेल आइसक्रिम सञ्चालन गरिरहेको देवयानी इन्टरनेशनलले दरबारमार्ग, थापाथली (ब्लूबर्ड मल), लाबिम मल , ठिमी, बौद्ध, महाराजगंज र पोखरामा रहेका आफ्ना शाखामार्फत् सेवा प्रवाह गरिरहेको छ ।

सामूहिक लगानी कोष नियमावली २०६७ को कार्यान्वयन पश्चात नेपालकै पहिलो खुलामुखी योजना तथा अन्य दुई बन्दमुखी योजना संचालन गरिरहेको यस क्यापिटल द्वारा सञ्चालित सो विशेष कार्यक्रम मार्फत उक्त कम्पनीका कर्मचारीहरुले सामूहिक लगानी कोषसम्बन्धी विस्तृत जानकारी पाउनुका साथै पूँजीबजारसँग सम्बन्धित अन्य विषयको समेत जानकारी प्राप्त गरेका छन् ।

यसका साथै एनआईबिएल एस क्यापिटल लिमिटेडले आगामि दिनहरुमा पनि यस्ता जनचेतनामुलक कार्यक्रमका साथै विभिन्न तालिमहरु संचालन गर्दै जाने प्रतिबद्धता समेत जनाएको छ ।

प्रतिक्रिया