एनएमबी बैंकको ओम्नी च्यानल प्रयोग गरी नयाँ वर्षमा पैसा पठाउँदा निःशुल्क

काठमाडौं । एनएमबी बैंक नेपालमा डिजिटल भुक्तानीको लागी ओम्निच्यानल भित्र्याउने पहिलो बैंक हो ।

नयाँ वर्ष २०७८ लाई ग्राहकवर्गसँगै मनाउन बैंकले नयाँ वर्षमा वैशाखको पहिलो हप्ता, जेष्ठको पहिलो हप्ता र असारको पहिलो हप्ताभरी ओम्नी च्यानलमार्फत अन्तर बैंक रकम स्थानान्तरण गर्दा शुल्क नलाग्ने व्यवस्था गरेको बैंकले जनाएको छ ।

प्रत्येक महिनाको पहिलो हप्ता हाम्रा ग्राहकहरुले विभिन्न प्रयोजनका लागी सेवा प्रदायकहरुलाई रकम भुक्तानी गर्नुपर्ने हुन्छ, त्यसैले एनएमबी बैंकले आफ्ना ग्राहकहरूलाई ओम्निच्यानल (एप वा वेब) प्रयोग गर्न प्रोत्साहन गर्नुका साथै अन्य बैंकमा पैसा पठाउँदा शुल्क नलाग्ने सुविधाबाट लाभान्वित हुन अनुरोध गरेको जनाएको छ ।

विद्यमान परिस्थितिलाई समेत मध्यनजर गदै नेपाल राष्ट्र बैंकको बैंकिङ सेवा राष्ट्रव्यापी रुपमा डिजिटल बनाउने अभियानमा एनएमबी बैंक अग्रसर हुँदै समुदाय स्तरमा सर्वसाधारण सबैमा मूलधारको बैंकिङ्ग सेवा महशुस गराउने माध्यमको रुपमा आफूलाई उभ्याउँदै लगेको बताएको छ ।

बैंकले निकट भविष्यमा विभिन्न थप ब्राण्डहरुसँग सहकार्य गर्दै लैजाने जनाएको छ । छुटसम्बन्धी थप जानकारी एनएमबी बैंकको वेवसाइटको एनएमबी भिसा कार्ड डिसकाउन्ट सेक्सनमा गएर प्राप्त गर्न सकिने बताएको छ ।

बैंकले हाल देशभरी १८० शाखा, १३६ एटीएमहरू, ९ एक्सटेन्सन काउन्टरहरू मार्फत उच्चस्तरीय सेवा प्रदान गर्दै आइरहेको बैंकको भनाइ छ ।

प्रतिक्रिया