नबिल बैंकको स्मार्ट बैंक एप र कार्ड इन्टेग्रेसनको सेवा सुरु

काठमार्डौ । आफ्ना ग्राहकहरुलाई नयाँ पद्धतिको बैंकिङ सुविधा उपलब्ध गराउने उद्देश्यले नबिल बैंकले स्मार्ट बैंक एप र कार्ड इन्टेग्रेसनको सुविधाको सुरुवात गरेको छ ।

यस सुविधाअन्तर्गत अब ग्राहकहरुले आफ्नो कार्डको जानकारीजस्तै कार्ड स्टेटमेन्ट, कारोबारको विवरण, कार्ड ब्यालेन्स साथै कार्ड सक्रियता/निष्क्रियता तथा कार्डमार्फत् साइन अपजस्ता कार्यहरू नबिल स्मार्ट बैंक एपद्वारा नै गर्न सक्ने बैंकले जनाएको छ ।

विश्वव्यापी रुपमा फैलिएको कोभिड-१९ महामारीको समयमा आफ्ना ग्राहकको हित तथा आवश्यकतालाई मध्यनजर गर्दै स्वस्थ एवम सुरक्षित सुविधा प्रदान गर्ने उद्देश्यले नबिल बैंकले यो सुविधा डेबिट, क्रेडिट तथा प्रिपेड कार्डहरुमा उपलब्ध गराएको जनाएको छ ।

प्रतिक्रिया