नयाँ वर्षमा नबिल बैंकको ‘ढुक्क र दंग’ अफर

काठमाडौ । नबिल बैंकले नयाँ वर्ष २०७८ को अवसरमा आफ्ना ग्राहकका लागि कार्ड प्रोडक्टहरुमा विभिन्न छुट प्याकेजसहित नयाँ वर्षको ‘ढुक्क र दंग’ अफर ल्याएको छ ।

यस अफरअन्तर्गत नबिल बैंकले नबिल कार्ड र नबिल क्रेडिट कार्डको सुविधा लिने ग्राहकहरुलाई कार्ड जारी गर्दा लाग्ने शुल्कमा विशेष छुटको व्यवस्था गरेको बैंकले जनाएको छ ।

उक्त छुट अफर २०७८ वैशाख महिनाभर हुने हुनाले नबिल बैंकको नजिकको शाखामा गई ग्राहकहरुले नबिल कार्ड र नबिल क्रेडिट कार्ड जारी गरी अफरको लाभ लिन सक्ने बैंकले जनाएको छ ।

११९ शाखा, १८५ एटिएम, १५०० भन्दा बढी नबिल रेमिट एजेन्ट रहेको नबिल बैंकले नेपाली बैंकिङ्ग क्षेत्रमा नविनतम् सेवाको शुरुवात गर्न अग्रणी भूमिका खेलेको छ ।

प्रतिक्रिया