राजमोको निर्णय- गण्डकी प्रदेश सरकारलाई साथ नदिने

काठमाडौं । राष्ट्रिय जनमोर्चा (राजमो) ले गण्डकी प्रदेश सरकारलाई साथ नदिने निर्णय गरेको छ । पृथ्वीसुब्बा गुरुङ नेतृत्वको सरकारविरुद्ध विपक्षीले ल्याएको अविश्वास प्रस्तावमा हस्ताक्षर गर्ने अडान लिँदै राजमोले यस्तो निर्णय गरेको हो । सरकारलाई दिएको समर्थनबारे भएको निर्णय सार्वजनिक गर्न वक्तव्य सार्वजनिक गर्दै अध्यक्ष चित्रबहादुर केसीले अविस्वासको प्रस्तावमा समर्थन गर्ने प्रष्ट पारेका छन् । ‘गण्डकी प्रदेश सरकारले ओलीको पक्षमा काम गरिरहेको छ,’ वक्तव्यमा भनिएको छ ।

अध्यक्ष केसीले मुख्यमन्त्रीको राजनीतिक गतिविधिले प्रतिगमनलाई मद्दत पुग्ने बताएका छन् । ‘त्यस खाले क्रियाकलापहरुले पनि प्रतिगमनलाई मद्दत पुग्छ,’ अध्यक्ष केसीले भने, ‘त्यसकारण गण्डकी प्रदेश सरकारविरुद्ध प्रतिपक्षबाट आउने अविश्वासको प्रस्तावलाई हाम्रो समर्थन हुनेछ ।’

आफ्नो पार्टी वामपन्थीको पक्षमा रहेकोले अहिलेसम्म सरकारलाई समर्थन गर्दै आएको तर, पछिल्लो राजनीतिक घटनाका सन्दर्भमा सरकारले चालेको राजनीतिक कदमहरु चित्तबुझ्दो नभएको अध्यक्ष केसीले बताए । ‘अहिलेसम्म हामीले समर्थन गर्दै नै आएका थियौँ,’ अध्यक्ष केसीले भने, ‘अब चाहिँ सरकारविरुद्ध आउने अविश्वास प्रस्तावमा हस्ताक्षर गर्ने भइसक्यौँ ।’

प्रतिक्रिया