सेयरबजार दोहोरो अंकले बढ्यो, ७ अर्ब माथिको कारोबार

काठमाडौं । साताको तेस्रो कारोबार दिन मंगलबार नेपाल स्टक एक्सेन्ज (नेप्से)परिसूचक २३.२३ अकंले बढेको छ ।

कारोबारको अन्तिमसम्ममा नेप्से परिसूचक ०.८६ प्रतिशतले बढेर २७१४.७९ बिन्दुमा पुगेको छ । यस दिन सेन्सिटिभ परिसूचक ५.९९ अकंले बढेर ४८६.२८ बिन्दुमा पुगेको छ ।

यस दिन कारोबारमा आएका १३ समूहका कम्पनीमध्ये ६ समूहका समूहगत सूचक बढेका छन् ।

होटल तथा पर्यटन, जीवन बीमा, माइक्रो फाइनान्स, लाइफ इस्योरेन्स, लगानी कम्पनीका सूचक राताम्मे भएका छन् ।

फाइनान्स, हाइड्रोपावर, डेभलपमेन्ट बैंक, प्रशोधन तथा उत्पादन, बैंकिङ, म्युचुअल फण्ड समूहको उपसूचक मंगलबार बढेका छन् ।

मंगलबार २ सय ९ कम्पनीका १ करोड ४६ लाख ९१ हजार कित्ता शेयर ७ अर्ब १४ करोड ३१ लाख ५१ हजार रुपैयाँमा खरिदबिक्री भएको छ ।

एनआइसी एसिया लघुवित्त वित्तिय संस्था बजारमा सर्वाधिक कमाइ गरी पहिलो स्थानमा छ । दोस्रो स्थानमा माउन्टेन इनर्जी नेपाल लिमिटेड रहेको छ ।

त्यस्तै ज्योति लाइफ इस्योरेन्सको सेयर मूल्य पनि ९ प्रतिशतभन्दा बढिले बढेको छ ।

प्रतिक्रिया