निःशुल्क स्वास्थ्य शिविरमा ९२१ जनाले सेवा लिए

काठमाडौं । काठमाडौं मेडिकल कलेजल (केएमसी)को प्राविधिक सहयोगमा काभ्रेकाे कुशादेवीमा नि:शुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको छ । कुशादेवी माध्यमिक विद्यालय, ज्योति र्मिमिरे सामुदायिक साकोस र कुमारी बैंकको संयुक्त आयोजनामा एकदिने नि:शुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको हो ।एकदिने स्वास्थ्य शिविरमा ९ सय २१ जनाको नि:शुल्क उपचार गरिएको केएमसीका जेनेरल मेनेजर नारायण दाहालले जानकारी दिए । स्वास्थ्य शिविरमा ९५ जनाको ईसीजी, १ सय ९ जनाको ल्याव टेष्ट, १ सय ८५ युएसजिको उपचार गरीएको छ ।केएमसीले पछिल्लो समय निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्दै आएको छ । यसअघि काठमाडौं, भक्तपुर, ललितपुर, नुवाकोट लगायतका जिल्लामा केएमसीले निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिसकेको छ । समाजसेवी डा.सुनिल शर्माले केएमसीमा अध्यक्षको जिम्मेवारी सम्हालेपछि केएमसीले गाउँ-गाउँमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्दै आएको केएमसीले जानकारी दिएको छ ।

प्रतिक्रिया