मकालु खबर
ताजा, शुलभ, निष्पक्ष

घाँस काट्न गएका महिलाले चितुवा देखेपछि…

दमाैली । तनहुँको व्यास नगरपालिका-५ शेरा सामुदायिक वनबाट चितुवा नियन्त्रणमा लिइएको छ । डिभिजन वन कार्यालय तनहुँले उक्त सामुदायिक वनबाट सोमबार चितुवा नियन्त्रणमा लिएको हो ।

कुमालगाउँका महिलाहरुले वनमा घाँस काट्न गएको बेला चितुवा देखेका थिए । महिलाहरुले चितुवा देखेपछि डिभिजन वन कार्यालयमा खबर गरेका थिए ।

डिभिजन वन कार्यालयबाट खटिएको टोलीले उक्त चितुवा नियन्त्रणमा लिएको कार्यालय प्रमुख कोमलराज काफ्लेले जानकारी दिए । करिब ३५/४० केजी रहेको उक्त चितुवा वृद्धावस्थाको छ ।

तनहुँका विभिन्न भागमा चितुवाको त्रास छ । चितुवाको आक्रमणबाट जिल्लाका विभिन्न ठाउँका दश बालबालिकाले ज्यान गुमाएका छन् ।

प्रतिकृयाहरु
Loading...
Makalukhabar.com
Makalukhabar.com