सेयर बजारमा १७ अंकको वृद्धि

काठमाडौं । सेयर बजार परिसूचक (नेप्से) १७.२० अंकले बढेको छ । सोमबारको बारोबारपछि परिसूचक २६९१.५६ अंकमा पुगेको छ ।

यस दिन ७ अर्ब ६१ करोड ८ लाख २८ हजार ५० रुपैयाँमा २१६ कम्पनीको १ करोड ३८ लाख २१ हजार ५ सय ७३ कित्ता सेयर कारोबार भएको छ ।

यस दिन बैंकिङ, विकास बैंक, निर्जीवन बीमा, प्रशोधन तथा उत्पादन, लघुवित्त, जीवन बीमा र म्युचुअल फण्डका समूहगत सूचक बढेका छन् । सबैभन्दा बढी जीवन बीमा समूहको सूचक १९७.७९ अंकले बढेको छ ।

यस दिन सबैभन्दा बढी कमाउने कम्पनीहरुमा एनआईसी एसिया लघुवित्त, महिला लघुवित्त, छ्याङ्दी हाइड्रोपावर, ज्योति लाइफ इन्स्योरेन्स, सिन्धु विकास बैंक रहेका छन् । यी कम्पनीको सेयर मूल्य ९ प्रतिशतभन्दा बढीले बढेका छन् ।

गुमाउने कम्पनीहरुमा सान्जेन जलविद्युत्, चन्द्रागिरि, हिमाल दोलखा हाइड्रोपावरलगायत कम्पनी रहेका छन् ।

प्रतिक्रिया