पूर्वराजा शाह शाही स्नानमा सहभागी

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र वीरविक्रम शाहले महाकुम्भ मेलामा ‘शाही स्नान’मा सहभागी भएका छन् । सोमबार उनले हरिद्वारमा आयोजित महाकुम्भ मेलामा हुने शाही स्नानमा भाग लिएका हुन् ।

उनले यसअघि गत ११ मार्चमा शिवरात्रीको दिन पहिलो पटक शाही स्नान गरेका थिए । कुम्भ मेलामा शाही स्नान निकै महत्वपूर्ण मान्ने गरिन्छ ।

कोरोना संक्रमणको जोखिम चौतर्फी रुपमा फैलिरहँदा भारतमा ठूलो भीडभाडसहित कुम्भमेला आयोजना भइरहेको छ ।

यो मेलालाई संसारकै सबैभन्दा धेरै मानिसहरू एकैपटक भेला हुने स्थलका रूपमा प्रचारित गर्ने गरिएको थियो । यसपाली मेलामा आउनेहरूलाई पीसीआर परीक्षण अनिवार्य गरिएको छ ।

प्रतिक्रिया