विर्तामोडमा भएको दुर्घटनामा एकको मृत्यु

विराटनगर । झापाको विर्तामोड भएको मोटरसाइकल दुर्घटनामा एकजनाको ज्यान गएको छ ।

विर्तामोड नगरपालिका- ६ बुट्टाबारी स्थित पूर्व-पश्चिम राजमार्गमा बिहान भएको दुर्घटनामा मोटरसाइकल चालक अर्जुनधारा ५ बैसाबारीका ३८ वर्षीय रामकान्त चौधरीको ज्यान गएको हो ।

पूर्वतर्फ जाँदै गरेको मे १ ख २६२७ नम्बरको बसलाई सोही दिशाबाट जाँदै गरेको मे ४ प ६७४८ नम्बरको मोटरसाइकलले ओभरट्याक गर्ने क्रममा बसमा ठोकिन गई मोटरसाइकल दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

चौधरीको उपचारको क्रममा बिएण्डसी अस्पताल विर्तामोडमा ज्यान गएको हो ।

प्रतिक्रिया