प्रदेश २ : माओवादी केन्द्रले चुन्यो दलको नेता

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) प्रदेश नं. २ ले संसदीय दलको नेतामा भरत साहलाई चयन गरेको छ ।

पार्टी कार्यालयमा बसेको बैठकले दलको नेतामा साहलाई चयन गरेको साहले जानकारी दिए । यसैगरी उपनेतामा जगत यादव, प्रमुख सचेतकमा दिलीप साह र रुबी कर्ण सचेतकमा चयन भएका छन् ।

प्रदेश नं. २ मा माओवादी केन्द्रका ११ सांसद छन् । प्रदेशको पाँचौ अधिवेशनको पहिलो बैठक चैत ३० गते सोमबार दिनको १ बजे आह्वान गरिएको छ ।

प्रतिक्रिया