एनआइसी एशिया बैंकका न्यौपानेलाई ‘प्रबल जनसेवा श्री (चतुर्थ)’ विभूषण प्रदान

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले एनआइसी एशिया बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत रोशन कुमार न्यौपानेलाई ‘प्रबल जनसेवा श्री (चतुर्थ)’ विभूषण प्रदान गरेकी छन् ।

नेपाल सरकार, मन्त्रिपरिषद्को मिति २०७६/०५/३१ को निर्णयबाट सिफारिस भएअनुसार २०७६ आश्विन ३ गते संविधान दिवस (राष्ट्रिय दिवस) का अवसरमा सम्माननीय राष्ट्रपतिबाट विभूषण प्रदान गर्ने घोषणा भएको थियो ।

सोहिअनुसार शुक्रबार राष्ट्रपतिको कार्यालय, महाराजगञ्जमा आयोजित सुशोभन समारोहका बीच राष्ट्रपतिबाट उक्त विभूषण प्रदान गरिएको बैंकले जनाएको छ ।

सोही विशेष समारोहका बीच सम्माननीय राष्ट्रपतिले बैंकका सहायक महाप्रबन्धक रन्जन खड्कालाई ‘जनसेवा श्री (पञ्चम)’ विभूषण प्रदान गरेकी छन् ।

प्रतिक्रिया