कोरोना अपडेट : नेपालमा थप २८८ जनामा कोरोना संक्रमण

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप २८८ जनामा कोरोना संक्रमित थपिएका छन् ।

जनसंख्या तथा स्वास्थ्य मन्त्रालयका अनुसार ४ हजार ७१ वटा नमूना परीक्षण गर्दा २८८ जनामा कोरोना पोजेटिभ देखिएको हो ।

योसँगै नेपालमा कूल संक्रमितको संख्या २ लाख ७९ हजार ३८८ पुगेको छ ।

त्यस्तै २४ घण्टामा १२७ जना कोरोनामुक्त भएका छन् । योसँगै नेपालमा कोरोनामुक्त हुनेको संख्या २ लाख ७३ हजार ७३५ पुगेको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा कोरोनाका कारण मृत्यु हुनेको संख्या शून्य रहेको छ ।

नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ३ हजार ३८ पुगेको थियो ।

प्रतिक्रिया