नयाँ वर्षको अवसरमा सानिमाको नयाँ रहर नयाँ अफर योजना

काठमाडौं । सानिमा बैंक लिमिटेडले नयाँ वर्ष सन् २०२१ को उपलक्ष्यमा आफ्ना ग्राहकलाई नयाँ अफर नयाँ रहर योजना सार्वजनिक गरेको छ ।

अनलाइन पोर्टल सपिङ दराज केयमुसगँको सहकार्यमा बैंकको डेबिट तथा क्रेडिटकार्ड प्रयोगकर्तालाई दराजबाट सामान खरीद गर्दा विशेष छुट पाउने भएका छन ।

यो योजनाअन्तर्गत सानिमाका ग्राहकले डेबिट कार्ड प्रयोग गरी सामान किन्दा १५ प्रतिशत वा त्यो भन्दा बढिसम्मको छुट पनि पाउन सक्ने बैंकले जनाएको छ ।

साथै क्रेडिट कार्ड प्रयोग गरी सामान किन्दा २० प्रतिशत वा सोभन्दा बढी १५ सय सम्मको छुट पाउन पनि सक्ने बैंकले बताएको छ ।

यो योजना २०७७ चैत्र २९ गतेदेखि २०७८ बेशाख ७ गते सम्म लागु हुने बैंकको भनाइ छ । उक्त समझौता पत्रमा सानिमा बैंक लिमिटेडका तर्फबाट डिजिटल बैंकिङ विभागका निरज राज श्रेष्ठ र दराज केयुम प्रालीको तर्फबाट अरुण फूयालले हस्ताक्षर गरेका हुन ।

सानिमा बैंकको डेबिट तथा क्रेडिट कार्डका लागि बैंकको वेभसाइटमा गई आवेदन दिन सकिन्छ ।

सानिमा बैंकको देशभर ८६ शाखा कार्यलय, १७ विस्तारित काउन्टर र ९६ एटिएम सञ्चालनमा रहेको छ ।

प्रतिक्रिया