मकालु खबर
ताजा, शुलभ, निष्पक्ष

कालिमाटी फलफूल तथा तरकारी बजारमा बैंक अफ काठमाण्डूको क्युआर कोड सेवा

काठमाडौं । बैंक अफ काठमाण्डू लिमिटेडले कालिमाटी फलफूल तथा तरकारी बजारमा क्युआर कोड सेवाको शुक्रबारबाट सञ्चालन गरेको छ ।

माछापोखरीमा अवस्थित तरकारी बजारमा डिजिटल भुक्तानी क्युआर कोड सेवाको शुक्रबार एक औपचारीक कार्यक्रमका बिच नेपाल राष्ट्र बैंकका भुक्तानी प्रणाली विभागका कार्यकारी निर्देशक भुवन कडेंलले उदघाटन गरेको बैंकले जनाएको छ ।

उक्त कार्यक्रममा कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिका सहायक कार्यकारी निर्देशक अर्जुन अर्याल तथा बैंकका प्रमुख कार्यकारी अधिकृत शोभन देव पन्तको आतिथ्यतामा सम्पन्न भएको हो ।

उक्त कार्यक्रममा नेपाल राष्ट्र बैंकका भुक्तानी प्रणाली विभागका कार्यकारी निर्देशक भुवन कडेंलले फलफूल तथा तरकारी खरिद गरी डिजिटल तवरले क्युआर कोड स्क्यान गरी भुक्तानी गरेको बैंकले बताएको छ ।

हालसम्म बैंक अफ काठमाण्डू लिमिटेडले ९० शाखा कार्यालयहरु, ७८ एटिएम र १० एक्स्टेन्सन काउन्टरहरुबाट आफ्ना ग्राहक महानुभावहरुलाई उत्कृष्ट बैंकिङ्ग सुविधा प्रदान गर्दै आईरहेको बैंकको भनाइ छ ।

प्रतिकृयाहरु
Loading...
Makalukhabar.com