झापाको कन्काईमा नोबेलको तीन दिने स्वास्थ्य शिविर, तीन हजार बिरामीको निःशुल्क उपचार

काठमाडौं । विराटनगरस्थित नोबेल शिक्षण अस्पतालले झापाको कन्काई नगरपालिकाका दुई स्थानमा तीन दिने निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ ।

कन्काई–७ दुर्गापुरमा दुई दिन र कन्काई–३ मा एक दिने निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको हो ।

रोटरी क्लब अफ सुरुङ्गासँग सहकार्य गरी मंगलबार कन्काई–३ स्थित पशुपति बोर्डिङ स्कूलमा सञ्चालित शिविरमा ९ सय ८४ जनाको निःशुल्क उपचार गरिएको छ ।

शिविरमा २ सय ३ जनाको ल्याब टेस्ट, १ सय ९८ जनाको भिडियो एक्सरे र १ सय ७८ जनाको इसीजी गरिएको छ ।

यता कन्काई-७ दुर्गापुरस्थित भृकुटी माध्यमिक विद्यालयमा बुधबार र बिहिबार दुई दिन सञ्चालित शिविरबाट २ हजार ३६ जना बिरामी लाभान्वित भएका हुन् ।

शिविरमा ३ सय ५२ जनाको इसीजी, ३ सय ३ जनाको ल्याव टेस्ट र ४ सय १३ जनाको भिडियो एक्सरे गरिएको छ ।

दुई स्थानमा तीन दिन सञ्चालित शिविरमा ३ हजार २० जनाको निःशुल्क उपचार गरिएको नोबेल अस्पतालका प्रबन्धक नारायण दाहालले जानकारी दिए ।

प्रतिक्रिया