बिएफआइएनको शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा एनआइसी एशिया क्यापिटल
२०७७ चैत २६ गते

बैंकिङ फाइनान्स एन्ड इन्स्योरेयन्स इन्स्टिच्युट अफ नेपाल लिमिटेड (बिएफआइएन) ले एक सय रुपैयाँ अंकित दरको ५५ हजार कित्ता शेयर निष्काशनका लागि एनआइसी एशिया बैंक क्यापिटल लिमिटेडलाई निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गर्ने भएको छ ।
निष्काशन तथा बिक्री प्रबन्धक नियुक्ति सम्झौता पत्रमा एनआइसी एशिया बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत रमेन्द्र रायमाझी र बिएफआइएनका तर्फबाट प्रबन्ध निर्देशक डा बिनोद आत्रेयले हस्ताक्षर गरेका थिए ।
‘बैंकिङ फाइनान्स एन्ड इन्स्योरेन्स इन्स्टिच्युट अफ नेपाल लिमिटेडले रु १०० अंकित दरका ५५,००० कित्ता सेयर सर्वसाधारण निष्काशन गर्नका लागि एनआइसी एशिया बैंक क्यापिटल लिमिटेडलाई निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्ति गर्नेसम्बन्धी सम्झौता सम्पन्न भएको व्यहोरा जानकारी गराइन्छ,’ सम्झौतापत्रमा उल्लेख गरिएको छ ।
२०७७ चैत २६ गते
प्रतिक्रिया
सम्बन्धित








