नयाँ वर्षमा नबिल बैंकको ‘नयाँ रहर, नयाँ अफर’

काठमाडौं । नबिल बैंकले नयाँ वर्ष २०७८ को अवसरमा क्यास ब्याक अफर सार्वजनिक गरेको छ ।

नबिल बैंकका ग्राहकले यहि चैत २९ गते देखि २०७८ वैशाख ७ गतेसम्म दराज अनलाइनमा डेबिट कार्डमार्फत् सपिङ गर्दा १५% छुट वा अधिकतम १ हजारसम्मको क्यास ब्याक पाउनेछन् ।

त्यसैगरी बैंकको क्रेडिट कार्डमार्फत सपिङ गर्दा २०% छुट वा अधिकतम १ हजार ५ सयसम्मको क्यास ब्याक प्राप्त गर्न सक्ने बैंकले जनाएको छ ।

देशभर नबिल बैंकको ११९ शाखा, १७५ एटिएम र १५०० भन्दा बढी नबिल रेमिट एजेन्टहरु रहेका छन् ।

प्रतिक्रिया