एकै दिन १ हजारले बढ्यो सुनको भाउ

काठमाडौं । नेपाली बजारमा बिहीबार एकै दिन १ हजार रुपैयाँले सुनको भाउ बढेको छ । यस दिन छापावाल सुन प्रतितोला ८९ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । त्यस्तै, तेजाबी सुन ८८ हजार ५ सय ५० रुपैयाँ प्रतितोलामा कारोबार भइरहेको छ ।

बुधबार छापावाल सुन प्रतितोला ८८ हजार र तेजाबी सुन प्रतितोला ८७ हजार ५ सय ५० रुपैयाँमा कारोबार भएको थियो ।

बिहीबार चाँदीको मूल्य पनि तोलामा १५ रुपैयाँले बढेको छ । बुधबार १ हजार २ सय ४५ रुपैयाँमा कारोबार भएको चाँदी बिहीबार प्रतितोला १ हजार २ सय ६० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया